अपराध

विकको हत्यामा संलग्न तामाङ पक्राउ विकको हत्यामा संलग्न तामाङ पक्राउ
काठमाडौँ, ३ वैशाख, रासस
महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । 
 
परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो । 
 
परिसरले आज पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका ९लिभिङ टुगेदर०मा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । 
 
घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

Post Comment

More अपराध

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award