अपराध

दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा
लिबाङ, रोल्पा, २१ चैत,रासस
बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले आज जानकारी दिनुभयो । 
 
काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । यो दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । दाजुभाइका बीचमा व्यक्तिगत रिसइबी भएता पनि खर्कबहादुरको मानसिक अवस्थाका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन् । 
 
यसैबीच, रोल्पामा आठ किलो चरेससहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा थबाङ–५ रोल्पाकी ३८ वर्षीया रामप्यारी झाँक्री हुन् । 

Post Comment

More अपराध

Onair Now Onair Now

Kalika Highlights

Started at: 05:20 HRS

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award