घटना दुर्घटना

तनहुँको याम्पामा बस र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु,बसचालक घाईते

 

पवन पौडेल, तनहुँ असार १८ ।
 
तनहुँको बन्दिपुर ८ याम्पास्थित पृथ्वीराजमार्गमा आज दिउँसो बस र मोटरसाईकल  एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ ।  दमौलीबाट अाँबुखैरेनीतर्फ गैरहेको ग १ ख २१६१ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आईरहेको बा ३४ प ५१७७ नम्बरको मोटरसाईकल दिउँसो एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार गोर्खा पालुङटार निवासी ५१ बर्षका कमल ढकालको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 
र्दुघटनामा परी घाईते उनलाई उपचारका लागि लक्ष्मी अस्पतालमा लगिएकामा केही बेरमा नै उनको मृत्यु भएको प्रहरीको भनाई छ । र्दुघटनामा परी बस चालक गोर्खा गाईखुर निवासी २९ बर्षको नरजङ ठकुरी घाईते भएका छन् ।उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
तीव्र गतिमा आईरहेको मोटरसाईकल अनियन्त्रित भै बसको मुनि परेको स्थानिय प्रत्यक्षदर्शिले बताएका छन् ।

 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 09:00 HRS

Up Next

Traffic Update

Starts at: 09:10 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event