घटना दुर्घटना

तनहुँको जामुनेमा पहिरो खस्दा,एकै स्थानमा ७ जनाको मृत्यु

 

पवन पौडेल तनहुँ असार १५
अविरल बर्षाका कारण डाँडाबाट पहिरो खसेर घर पुरिंदा तनहुँको जामुने गाविस वडा नं १ ट्याँकिडाँडामा ७ जनाको मृत्यु भएको छ । स्थानिय साई बहादुर विकको घर पुरिंदा उनकी श्रीमती २४ बर्षिया रुपा विक,छोरी ८ बर्षिया पुर्णिमा विक,बहिनी ६ बर्षिया देवीमाया विक,छिमेकीहरु २० बर्षिया शुष्मा विक,उनका २ बर्षिया छोरी रेखा विक,१५ बर्षिया सम्झना विक र १५ बर्षकै दुर्गा विकको मृत्यु भएको हो ।  
 
मृतक रुपाको श्रीमान वैदेशिक रोजगारीका शिलशिलामा भारत रहेकाले उनलाई  साथी दिन आएका छिमेकीहरुको पनि घटनामा परी मृत्यु भएको स्थानिय सोम  बहादुर आलेले जानकारी दिनुभयो ।  हिजोरातीदेखि अविरल रुपमा परेको बर्षाका कारण शुक्रबार विहान सवा ३  बजेतिर पहिरो खस्दा घटना घटेको उहाँले जानकारी दिनुभयो ।  घटना थाहा पाएलगत्तै उद्धारका लागि स्थानियबासी र प्रहरीको टोली पुग्दा सबै
 
जनाको मृत्यु भैसकेको थियो ।  यसैबिच,मृतक सबैको आज दमौलीस्थित सेतीमादी शवदाहस्थलमा दाहसंस्कार गरिएको छ । एकै गाउँ र आफन्तभित्रका ७ जनाको मृत्यु भएपछि अहिले गाउँ  नै शोकमग्न बनेको छ । एउटै वगोलभित्रका रुपा र शुष्मा सहोदर अमाजु बुहारी हुन भने दुर्गा शुष्माकी नन्द हुन् ।  घरमा पति नभएको र शासु शसुरा समेत नभएकाले रुपालाई साथ दिनका लागि  दिनहुँ शुष्मा र उनकी नन्द दुर्गा घर जाने गरेका थिए ।
 
मृतक रुपाका श्रीमान  परिवारलाई छाडेर भारत गएको १५ दिनमात्र भएको आफन्तले बताएका छन् । घटनाको अघिल्लो रात उनीहरु शुष्माकै घर सुतेको भएपनि गएराती सबै रुपाको घरमा सुतेका थिए । रातीतिर एक्कासि आएको पहिरो खस्दा सुतेका सबैको ज्यान गयो । करिब २० मिटर मात्र पहिरो खस्दा समेत सबैको ज्यान जाने अवस्था आउनुमा घर कच्ची हुनुलाई प्रमुख कारक मानिएको छ ।
 
निर्माण व्यवसायि समेत रहनुभएका मृतकका छिमेकी सोम  बहादुर आलेले केही मिटर माटो खस्दासाथ कच्चि घरको पछाडिको भाग खसेपछि सबैको आधाभन्दा बढी भाग गाह्रोले च्यापेको बताउनुभयो । शव झिक्न समेत खटिनुभएका उहाँले आसपास छिमेकले समयमा नै थाहा पाएको भए बचाउन सकिने सम्भावना भएपनि एक्कासी भोलीपल्ट विहान रुपाकी आमा टिकामाया सुनार पानी लिन जाँदा कोही पनि नउठेपछि बोलाउने क्रममा घटना भएको थाहा भएको जानकारी दिनुभयो । 
 
हिजो रातीबाट परेको अविरल बर्षाका कारण जमिन भासिएपछि त्यसले कच्ची गाह्रोलाई भत्काएको थियो । पीडित परिवारलाई विभिन्न क्षेत्रबाट राहत प्रदान गरिएको छ । घटनालगत्तै आज दिउँसो बसेको दैवीप्रकोप उद्धार समितिको आकस्मिक बैठकले मृतकका परिवारलाई जनही ४० हजारको दरले २ लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको हो । मृतकका परिवारलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले राहत रकम हस्तान्तरण गर्नुभयो ।
 
दमौलीमा मृतक रुपा विकका बुबा चन्द्र बहादुर विक तथा मृतक शुष्मा विकका शसुरा एवं दुर्गा विकका बुबा धनबहादुर विकलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । घटनालगत्तै तत्काल राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । यसैगरी,घटनालगत्तै नेपाल रेडक्रस सोसाईटी तनहुँको एक टोलीले पनि राहत वितरण गरेको छ । दुई परिवारलाई जनही ५।५ हजार र लत्ताकपडा लगायतका सामाग्री वितरण गरिएको रेडक्रसका उपसभापति विद्युतकेशरी न्यौपानेले जानकारी दिनुभयो ।
 
यस्तै,उदय उच्च माविका शिक्षकहरुले पनि १० हजार रुपैया मृतकका परिवारलाई राहत वितरण गरेका छन् । यसैगरी क्युपेक नेपाल नामक मजदुर संगठनले पनि २१ हजार रुपैयाँ रकम राहतस्वरुप हस्तान्तरण गरेको छ ।
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Samaya Sandarva

Started at: 06:35 HRS

Up Next

Kalika Highlights

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event