घटना दुर्घटना

रुखको हाँगाले किचेर मृत्यु

 

        दमक, ५ असार । रुखको हाँगाले किचेर आज दिउँसो झापाको दमकमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विराटनगर–५ का १८ वर्षीय सागर ऋषिदेव रहेका छन् ।   त्यस्तै अन्य तीनजना घाइते भएका छन् । ऋषिदेवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।  मोरङको विराटनगरबाट पूर्वतर्फ आउदै गरेको लु १ च २४८० पिकअप भेनलाई अचानक भाँचिएको रुखको हाँगाले किच्दा सवार सबै जना घाइते भएका हुन् ।  घाइतेहरूमा भेन चालक सोही ठाउका रक्सु महतो, सञ्जय ऋषिदेव र अनिल ऋषिदेव रहेका छन् । घाइतेहरूको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event