घटना दुर्घटना

मोटरसाईकल एक आपसमा ठक्कर खादा २ घाईते । मोटरसाईकल एक आपसमा ठक्कर खादा २ घाईते ।
सविता दराई कालिका माघ २९ 
चितवनमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्गको टीकौली जंगलमा एक आपसमा मोटरसाइकल ठक्कर खादा भरतपुर १४ का १७ बर्षिय सुदिप खाती र सोही स्थानका १८ बर्षिय सक्षम गुरुङ घाईते भएका हुन् । सोमबार करिब चार बजे नारायणगढ बाट टाडी जादै गरेको ना ४६ प ६७ ७७ नम्बरको मोटरसाईकल र टाडी बाट नारायणगढ तर्फ आउदै गरेको ना १८ प ५३७९   नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । दुर्घटनामा ना४६ प ६७७७ नम्बरको चालक खाती र सोही मोटरसाईलमा पछाडी सवार गुरुङ घाईते भएका हुन् । चालक खातीको मुख र दाहिने खुट्टामा चोट लागेको छ भने गुरुङको मुख, टाउको खुट्टामा चोट लागेको र गम्भीर अवस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै अर्का मोटरसाईकल चालक चितवन खैरहनी ८ का ४० बर्षिय सुशील श्रेष्ठभने सामान्य घाईते भएका छन् उनलाई प्रहरीले नियन्त्रमा लिएको छ । घाईते दुईको चितवन मेडीकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Feed Back

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award