घटना दुर्घटना

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 
कपिलवस्तु, २६ कात्तिक रासस 
एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो । 
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
––– 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award