प्रभास

धम्की दिने समूह पक्राउ

 

बर्दिवास, ११ असार –
महोत्तरी जिल्लाका पत्रकार कमलेश मण्डललाई एक साताअघि ज्यान मार्ने धम्की दिने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार मण्डललाई धम्की दिनेमध्ये जिल्लाकै भ्रमरपुरा गाविस–४ का हरि शर्मा, वडा नं ३ का राजकुमार साह, वडा नं २ का विजयकुमार ठाकुर बरही र रतौली–७ का चन्देश्वर महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 
यीमध्ये महासेठलाई चार दिन पहिले र बाँकी तीन जनालाई आइतबार पक्राउ गरिएको जिप्रका महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । पत्रकार मण्डललाई धम्की दिन प्रयोग गरिएको मोबाइल नं. ९८१७८९२७८८ महासेठको नामबाट निकालिएको भए पनि त्यसको प्रयोग भने पक्राउ परेका अन्य तीनजनासहितका मतियारले गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।                  
 
पक्राउ परेकामध्ये शर्मा जिल्ला आयुर्वेद औषधालय महोत्तरीका लेखापाल रहेका प्रहरी निरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेकामध्ये महासेठले आफू निर्दोष रहेको बताए पनि बाँकी तीनजनाले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केही अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।  पक्राउ परेकाहरुबाट विगतका कतिपय आपराधिक घटनाको खुलासा हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पत्रकार मण्डललाई ज्यान मार्नेसम्मको धम्की दिनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । 
 
नेपाल पत्रकार महासङ्घ महोत्तरीबाट सभासद्, जिल्लाबाट प्रकाशन हुने महोत्तरी साप्ताहिकका प्रकाशक÷सम्पादक, एभिन्युज र राजधानी दैनिकका जिल्ला संवाददाता रहेका पत्रकार मण्डललाई यही असार ३ गते राति जनकपुर बम विस्फोटको समाचार किन लेखेको भन्दै मोबाइलबाट ज्यान मारिदिने धम्की आएको थियो । पक्राउ परेकाहरुविरुद्घ कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस 

Post Comment

More प्रभास

Onair Now Onair Now

Kalika Highlights

Started at: 05:20 HRS

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event