प्रभास

संविधानसभा विघटनबाट सङ्घ चिन्तित

 

काठमाडौँ, १६ जेठ । गैरआवासीय नेपाली सङ्घले संविधानसभा विघटनबाट विकसित राजनीतिक अवस्थाप्रति सङ्घ अत्यन्त गम्भीर र चिन्तित भएको जनाएको छ । सङ्घले एक विज्ञप्ति प्रकाशित गरी प्रमुख दलहरूबीचको न्यूनतम सहमतिले मात्रै मुलुकमा देखिएको यो गम्भीर जटिलता हल हुने गरी अगाडि बढ्न र जनताको आकाङ्क्षा सम्बोधन गर्न सम्भव हुने भएकाले प्रमुख राजनीतिक दललाई राष्ट्रिय सहमति कायम गर्न र अन्य सबै पक्षलाई त्यसका लागि उचित वातावरण निर्माण गरिदिन अनुरोध गरेको छ । तोकिएको मितिमा संविधान जारी हुन नसकी संविधानसभा स्वतः भङ्ग हुँदा जनप्रतिनिधिहरूबाट संविधान बनाउने नेपाली जनताको २००७ सालदेखिको चाहनामा फेरि एकपल्ट ठेस लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आ-आफ्ना मागमा सम्बन्धित निकायको ध्यानाकर्षा गराउने सर्न्दर्भमा केही दिनयता देशका विभिन्न ठाउँमा भएका घटनाहरूबाट शिक्षा लिई शान्त र पारस्परिक सद्भावको भावना कायम राखी समृद्ध नेपालको निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न सम्पूर्ण नेपालीमाझ गैरआवासीय नेपाली सङ्घ हार्दिक अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ । रासस

Post Comment

More प्रभास

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event