प्रभास

गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

 गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ काठमाडौँ, ६ पुस,रासस

मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । 

मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो । 

उहाँ हिजै नेपाल फर्कनुभएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उहाँ स्वदेश फर्कनुभएको हो । हिजै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्कनुभएको छ । 

विगत २ वर्षदेखि उहाँ मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य हुनुभएको थियो । 

Post Comment

More प्रभास

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award