मध्य नेपाल

सदस्यको पुण्यतिथिमा सहयोग कार्यक्रम

 

रुपेश÷हेटौडा
१४ असार
आफ्ना कार्यसमिति सदस्यको १३ औँ दिनको पुण्यतीथिमा आज नारायणी यातायात व्यवसायी संघले अनाथ बालबालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्रीका साथै बृद्धबृद्धालाई खाद्य सामग्री एवं लत्ता कपडा वितरण गरेको छ ।
 
 कार्यसमिति सदस्य स्व. रामप्रसाद चौलागाईँको १३ औं पुण्य तिथिमा संघले यस्तो कार्यक्रम गरेको हो । वपन्न बाल शैक्षिक विकास संस्था हेटौँडा–१० को संरक्षणमा रहेका १० जना बालबालिकाहरुलाई एकएक जोर पोशाक र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
 
संघका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले संस्थाका व्यवस्थापक शम्भुप्रसाद बाँस्कोटालाई सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । यसैगरी, चौलागाईँको पुण्यतीथिकै अवसरमा संघको  शाखा कार्यालय भरतपुरबाट देवघाट स्थित बृद्धाश्रमका बृद्धबृदालाई खाद्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको जानकारी दिँदै संघका महासचिब बद्रिप्रसाद चौलागाईँले यस्तै कार्यक्रम विरगञ्ज र काठमाडौँ शाखाबाट गरिएको बताउनु भयो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Samaya Sandarva

Started at: 06:35 HRS

Up Next

Kalika Highlights

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event