मध्य नेपाल

एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो संस्करण एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो संस्करण
कालिका, फागुन ३० । 
एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो संस्करण अन्तरगत तेश्रो अंक विहिबार सञ्चालन हुने भएको छ । विहिबारको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कालीका एफएमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले जानकारी दिनु भयो ।
 
विहिबार एपेक्स कलेज क्षेत्रपुर, श्री हिमालय दण्डपाणी न्यौपाने मावि, अर्किड कलेज भरतपुर, बाल्मिकी शिक्षा सदन भरतपुर, आदिकवी भानुभक्त मावि नारायणगढ, नारायणी पब्लीक कलेज भरतपुर, अक्सफोर्ड कलेज गैडाकोट, कृषि तथा बन विज्ञान विश्वविधालय ‐एएफयु) रामपुर र मिलिजुली इङ्गलिस स्कूल मैघौलीबीच प्रतिष्पर्धा हुनेछ । 
 
हाजिरीजवाफ प्रतियोगिता कालिका एफएम र टिभी कालीकाबाट प्रत्यक्ष प्रशारण हुने टिभी कालीकाका स्टेशन म्यानेजर राजकुमार लामिछानेले जानकारी दिनु भयो ।  हाजिरीजवाफ प्रतियोगिता बिहीबार बिहान १० बजेदेखि कालीका एफएम परिशरमा सञ्चालन हुनेछ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award