मध्य नेपाल

चितवनको बिकाशमा सांसदका योजना (अडियो रिपोट) चितवनको बिकाशमा सांसदका योजना (अडियो रिपोट)
केदार शर्मा कालिका ।
पुस २६।  हालै समपन्न प्रदेश र प्रतिनिधिसभाको निर्बाचनमा चितवन बाट निर्बाचित भएका सांसदहरुले बिकाशको खाका तयार पारेका छन । कुन योजनालाई कसरि प्राथमिक्ता दिएर काम गर्न सकिन्छ भनेर सांसदहरुले आँफ्नो बिकाश योजनाको खाका तयार पारेका छन । चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका पुष्पकमल दाहालले चितवनको विकासबारे आफूले खाका तयार पारेको बताउदै दीर्घकालीन योजनाको मोडालिटी तयार पार्दै महतोप’र्ण योजनालाई तत्काल कार्यान्वयन गर्नु पर्ने बताए । बाईट १
 
उता चितवन क्षेत्र नम्बर १ बाट निर्वा्चित भएका सुरेन्द्र पाण्डेले आफूले पनि विकासको मोडालिटी तयार पारेको बताउदै कयर खोलाको लोथर खोलाको तटबन्धलाई विशेष प्राथमिकता दिने बताउछन । बाईट २
 
उहाँले मात्र हैन चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेलले पनि विभिन्न कार्यक्रमहरुमा चितवनलाई चीनको संघाईंजस्तो सिटी बनाउन सकिने दाबी गर्दै चितवनलाई पर्यटन सिटी, बनाएर अघि बढ्ने बताउछन। बाईट ३
 
प्रतिनिधि सभाका सांसदले मात्र हैन प्रदेश सभाका सांसदले पनि आँफ्ना दिर्घकालिन योजना बनाएका छन । चितवन क्षेत्र नम्बर ३ को प्रदेश १ बाट विजयी भएका कृष्णप्रसाद भुर्तेल,२ का रामलाल महतो चितवन क्षेत्र २ बाट प्रदेश सांसद बनेका विजय सुवेदी, चितवन क्षेत्र नम्बर २ का अर्का प्रदेश सांसद घनश्याम दाहाल, चितवन क्षेत्र १ का प्रदेश सांसद कृष्ण खनाल र दावादोर्जे लामाले पनि आफ्नो क्षेत्रको विकासमा सुन्दर मोडालिटी तयार पारेर अघि बढ्ने बताए ।
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swadesh Gaan

Started at: 05:00 HRS

Up Next

Kalika Highlights

Starts at: 05:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award