मध्य नेपाल

किन हट्न सकेन त फुटपाथ । किन हट्न  सकेन त फुटपाथ ।
कालिका पुष २६ सविता दराई 
भरतपुर महानगरपालीका भित्र सडक पेटी र मुख्य बजारमा फुटपाथ ब्यबसायमा लगाएको रोक  प्रभावकारी हुन सकेको छैन । पटक पटक भरतपुर महानगरपालीका उधोग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले हटाउने निर्णय गरे पनि समस्या अझै जस्ताको तस्तै देखीन्छ अझै पनि नारायणगढको मुख्य बजार चोक र भरतपुरको चौविसकोठी लगायतका चोक बजारको सडक पेटीमा फुटफाथ ब्यपारीले ब्यापार गर्न छाडेका छैनन् । फलफुल, कपडा, जुत्ता, चटपट लगायतका साना ठेला, डोके ब्यपारीहरु अहिले पनि छ्याप छ्याप्ती ब्यापारमा ब्यस्त देखीन्छन्भरतपुर महानगरपालीकालेमहानगर भित्रको मुख्य बजार चोक मा फुटपाथ ब्यापारमा रोक लगाउदा पनि तपाईहरुकोब्यापार भने चलिरहेको छ नी भनि प्रश्न गर्दानारायणगढका फुटपाथ ब्यापारीहरुले भाग्दै बेच्दै बेच्ने बताएका छन् । नारयाणगढको सहिदचोका फलफुल ब्यापार गर्दै आउनु भएका बिना रानाले दिनमा तिन चार पटक महानगरपालीका आउने गरेको त्यो समयमा भाग्दै बेच्ने गरेको बताउनु हुन्छ । यसरी नै भाग्दै बेचेको बर्षौ वितेको बताउनु हुन्छ यस्तै सहिदचोक  पेटीमै जुता चप्पल ब्यापार गर्दै आउनु भएका सिन्धुलीका राम नेपालीले पेट पाल्नको लागि भए पनि भाग्दै ब्यापार गर्दै आएको बताउनु हुन्छ । 
भरतपुर महानगरपालीकालाईनेपालकैएसियाकैनमुना महानगर बनाउनेअभियानमा छ सरफाईअभियान, बालश्रमुक्त अभियान लगायतका अभिायनहरु अघि सारेकोछ जसले केही बर्षमा भरतपुरकोमुहार फेरीनेआकंलन गर्नसकिन्छ तर विगत बर्ष देखी नैमहानगरकोमुख्य बजार चोक मा फुटपाथ ब्यबसायमा लगाएको रोक भनेअझै नियन्त्रमा आउन सकिरहेकोछैन यस्तो किन भएकोहोकहिलेसम्म यो समस्या समाधन हुन्छ भनि प्रश्न गर्दा भरतपुर महानगरपालीकाका कार्यकारी अधिकृत प्रेमराज जोशी यस्तो बताउनु हुन्छ । फुटपाथको ब्यापारीलाई कहाँ राख्ने भन्ने विषयमा छलफल चरिहेको बताउनु भएको छ । जोशीका अनुसार महानगरपालीका,उधोग बाणिज्य संघ, नारायणगढका ब्यापारी, राजनितिक दल संग छलफल पछि ब्यबस्थापनको निकास निकाल्ने बताउनु भएको छ । 
भरतपुर महानगरले भर्खरै  मात्र पहिलो नगरपरिसद पनि सम्पन्न गरेको छ। जसमा विभिन्न योजना कार्यान्वयन गर्ने निणर्य पनि भएको छ । जसमा भरतपुर महानगरपालीकालाई सुन्दर र हरियाली नगर बनाउने पनी योजना समाबेश गरीएको छ । यसमा सवै नागरीकले सहयो गर्नु आवश्यक पनि छ भने महानगरले फुटपाथ ब्यबायीलाई पनि उनिहरुका बाच्न पाउनेअधिकार दिनु पर्छ यसको लागि उचित ब्यबस्थापन गरेर मात्र हटाएमा महानगरको योजना सुनमा सुगन्ध जस्तै राम्रो हुने थियो ।
 

किन हट्न  सकेन त फुटपाथ ।

किन हट्न  सकेन त फुटपाथ ।

किन हट्न  सकेन त फुटपाथ ।

किन हट्न  सकेन त फुटपाथ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award