मध्य नेपाल

नारायणगढ–मुग्लिन सडक पटक पटक गरी चार घण्टा बन्द हुने । नारायणगढ–मुग्लिन सडक पटक पटक गरी चार  घण्टा बन्द हुने ।
कालिका कार्तिक २६ 
नारायणगढ–मुग्लिन सडकखण्डमा कटिङको काम गर्नका लागि आईतबार देखि हरेक दिन पटक पटक गरी साढे ४ घण्टा सवारी आवागमन रोकिने नारायणगढ मुग्लिङ्ग सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाले जानकारी दिनुभएको छ । कटिङ्गको काम बिहान देखी  ७ देखि साढे ८ बजे सम्म , ११ देखी १२ , १ देखी २ बजे र ३ देखी ४ बजेसम्म बन्द गरिने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको समय अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड आयोजनाले आगामी फागुन ८ गतेसम्म काम सम्पन्न गर्नुपर्ने छ । अहिले सम्म ५९ प्रतिशत मात्रै काम भएकाले आयोजनालाई समयमै काम सम्पन्न गर्नु चुनौतिपुर्ण छ । यसै  विच हिजो शनिबार नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सनिबार दिनभर बन्द गरि ठुुलो ढुगा झारेर मर्मत कार्य  गरिएको छ । मर्मत  पछि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार राति साढे ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । यो सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको थियो । 
सनिबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो । सेती दोभान क्षेत्रमा रहेको ठूलो ढुंगा झार्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले सवारी आवागमन बन्द गरि ढुंगा झार्ने काम गरिएको नारायणगढ मुग्लिङ्ग सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award