मध्य नेपाल

कम्युनिष्टहरुको हातमा नै सत्ताको डाडुपन्यू आँउने प्रचण्डको दाबी कम्युनिष्टहरुको हातमा नै सत्ताको डाडुपन्यू आँउने प्रचण्डको दाबी
कालिका ,कार्तिक २३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै एमालेसँग पार्टी एकता घोषणा गरिने बताउनुभएको छ । चुनावी कार्यक्रममा सहभागी हुन दोस्रोपटक चितवन आउनुभएका अध्यक्ष प्रचण्डले माओवादी पार्टी कार्यालयमा अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै चुनाव लगत्तै पार्टी एकता हुनेमा कुनै संका नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले एमाले र माओवादीको पार्टी एकता संयोजन समिति र वाम तालमेलको घोषणा जसरी सरप्राइजका साथ चुनाव लगत्तै एमालेसँग पार्टी एकताको घोषणा गर्ने वताउनुभयो । उहांले पार्टी एकताको तयारी पूरा भएको जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेर पार्टी एकतालाई छिट्टै टुग्याइदिने समझदारी भएको भन्दै प्रचण्डले १० दिन मात्रै निर्वाचन सरेको भए पार्टी एकता भैसक्ने दावी गर्नुभयो ।’ अध्यक्ष प्रचण्डले एमालेसँगको पार्टी एकतालाई कसैले रोक्न नसक्ने वताउनुभयो । 
चितवनमा प्रदेश क्षेत्र ६ र प्रतिनिधीसभा निर्वाचन क्षेत्र ३ बटा भएपनि एक जना महिलालाई पनि उम्मेदवार बनाउ नसकिएकोमा अध्यक्ष प्रचण्डले गल्ती भएको स्वीकार गर्नुभयो । आगामी दिनमा यस्तो गल्तीलाई सच्चाएर जिल्लाबाट महिलाहरुको उचित प्रतिनिधीत्व गराइने अध्यक्ष प्रचण्डको भनाई छ । बाईट,,,,,,,
बाह्य शक्ति विरुद्ध पार्टी नेतृत्व र आम कार्यकर्ता पंक्ति सचेत भएर लाग्नुपर्ने प्रचण्डको भनाई छ । नेपालबाट नै समाजवादको नयाँ मोडल संसारभर फैलाउने उद्धेश्यका साथ पार्टी एकतामा अन्तरनिहित भएकाले यसको मर्मलाई बुझन् कार्यकर्तालाई उहांले आग्रह गर्नुभयो ।
प्रचण्डले युद्धकालमा नै एमालेका नेताहरुसंग पटकटपक र घनिभूत रुपमा छलफल र सम्झौता र सहमती गरिएकाले पार्टी एकताको विषय कुनै नयाँ विषय नभएको बताउनुभयो । रोल्पामा एमाले र माओवादीका वीचमा युद्धकालमा नै संविधानसभा, शान्तिप्रकृया लगायतका विषयमा लिखित सहमती नै भएर आजको यात्रा तय गरीएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले कांग्रेसको फेरो समाएर सत्तामा नजाने बताउनुभयो । कम्युनिष्टहरुको हातमा नै सत्ताको डाडुपन्यू ल्याउनका लागि खुल्लम्खुल्ला एमाले र माओवादी वीच एकता गर्न लागिएको उहांको भनाई छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award