राजनीति

दलहरुबीच सहमति हुन्छ– प्रम दलहरुबीच सहमति हुन्छ– प्रम

 

काठमाडौँ, १५ असार । राष्ट्रिय सहमतिको पहल गर्दै नागरिक समाजका अगुवा, विभिन्न दलका युवा नेता र उद्योगी व्यापारीसँग छलफल गरिसक्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज  चलचित्रकर्मी÷कलाकर्मीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति र वर्तमान सङ्कटको निकासका लागि आफू प्रतिबद्ध भएको बताउनुभएको थियो । उहाँले दलहरुका बीचमा ढिलो चाँडो सहमति जुट्ने पनि विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री डा भट्टराईका सहयोगी प्रशान्त लामिछानेले जानकारी दिनुभयो । आफूलाई कुर्सीको मोह नभएको बताउँदै उहाँले देशलाई निकास दिने कुरा नै प्रमुख भएको  स्पष्ट पार्नुभएको लामिछानेले बताउनुभयो ।चलचित्र क्षेत्रको विकासको लागि सरकार प्रतिबद्ध भएको बताउँदै प्रधानमन्त्रीले विदेशी चलचित्रको सेपमा नेपाली चलचित्र परेकामा चिन्ता व्यक्त गर्नुभयो । पाइरेसी, रोयल्टीलगायतका समस्यालाई समाधान गर्नका लागि सबै प्रकारको पहल गर्ने पनि उहाँले बताउनुभएको थियो । छलफलका क्रममा कलाकारले चलचित्र क्षेत्रको विकासका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले कलाकारका लागि राज्यले कोष खडा गर्नुपर्ने पनि माग राख्नुभएको थियो । पाइरेसी, सिआरबिटी समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा कलाकर्मीले जोड दिएको भेटमा सहभागी चलचित्र निर्देशक अशोक शर्माले जानकारी दिनुभयो । भेटमा कलाकार भुवन चन्द, यादव खरेल, वसुन्धरा भुसाल, नीर शाह, अशोक शर्मा, गायक जेबी टुहुरे, शम्भु राई, उदय सुब्वा, चलचित्रकर्मी प्रदीप उदय, उज्ज्वल घिमिरे, किरण केसी, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, विनिता बराललगायतको सहभागिता थियो । रासस

Post Comment

More राजनीति

Onair Now Onair Now

Musical Quiz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event