राजनीति

नेकपा,माओवादी गठनको सार्वजनिक घोषणा

 

 

        काठमाडौँ, ५ असार । एकीकृत नेकपा(माओवादी)बाट विभाजित भएर  हिजो गठन भएको  पार्टी नेकपा, माओवादीले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गरेको छ ।   आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा, माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष डा. बाबुराम भट्टराईमा दक्षिणपन्थी विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवाद देखिएकाले आफूहरूले बाध्य भएर सम्बन्ध विच्छेद गरी नयाँ क्रान्तिकारी पार्टी गठन गर्नुपरेको बताउनुभयो ।  उहाँले भारतसँग आत्मसमर्पण गरी विशेष सम्वन्ध छ भन्ने अध्यक्ष प्रचण्ड र भारतलाई रिझाउन बिप्पा सम्झौता गर्ने उपाध्यक्ष भट्टराईले भारतीय विस्तारवादको दलाली गरेकोे आरोप लगाउनु भयो ।    पार्टी फुटे पनि एमाओवादी नेतृत्वले आफ्ना गल्ती कमजोरी सच्याउँदै रुपान्तरित हुन सकेको स्थितिमा फागुन १ गते हुने पार्टीको महाधिवेशनसम्म एकताको ढोका खुल्ला राख्ने निर्णय लिइएको अध्यक्ष वैद्यले बताउनुभयो ।    उहाँले अगाडि भन्नुभयो ‘वर्गीय मुक्ति, पहिचानसहितको सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व, विशेषाधिकार,  अग्राधिकारलगायत विषयलाई लिएर जनविद्रोहमार्फत नेपाली जनक्रान्तिको तयारीको दिशामा अगाडि बढ्ने कार्यदिशा लिएर अगाडि बढ्छौं ।’  पार्टी विभाजनबारे उहाँले भन्नुभयो ‘पार्टी हामीले छोडेको होइन प्रचण्ड र बाबुरामले छोडेका हुन् । विचार, राजनीति, सिद्धान्त छोडेर पार्टी फुटाएका हुन् ।’ पार्टीलाई निर्वाचन आयोगमा दर्ताबारे सोधिएको प्रश्नमा वैद्यले भन्नुभयो ‘आवश्यक परे दल दर्ता गर्छौं र नपरे गर्दैनौं । संसदबादबाट जनाताको हित हुन सक्दैन भन्ने हाम्रो ठहर छ, तर आवश्यक परे चुनावको उपयोगसमेत ।  उहाँले पार्टी फुटे पनि एमाओवादीलाई  आफ्नो पक्षविरुद्ध भिडन्त नगर्न सुझाव दिदै भिडन्त गर्न खोजिए  त्यसको सशक्त प्रतिकार गरिने पनि बताउनुभयो ।   उहाँले सर्वपक्षीय गोलमेच सभाको आयोजना गरी  संविधान लेखिनुपर्ने बताउँदै त्यो सभामा अहिलेका दलहरू मात्रै नभई नयाँ शक्तिहरूलाई पनि समावेश गरिनुपर्ने माग राख्नुभयो ।    उहाँले एजेण्डाका आधारमा काँग्रेस, एमाले, एमाओवादी सबैसँग मिलेर जानसकिने बताउँदै तर ती दलहरूको पिछलग्गु भएर नजाने उल्लेख गर्नुभयो ।

 

 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event