राजनीति

मुलुकभित्र र बाहिरका शक्तिको आडमा वैद्यपक्षले पार्टी फुटाए ः गजुरेल

 

काठमाडौँ, ५ असार । एकीकृत नेकपा (माओवादी)का पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले मुलुकभित्र र बाहिरका शक्तिहरूको आडमा पार्टी उपाध्यक्ष मोहन वैद्यले अर्को पार्टी जन्माएको आरोप लगाउनुभएको छ । उहाँले बाह्रबुँदे सम्झौतालाई नै बैद्यपक्षले गलत भनेकाले राजसंस्थासहितका शक्तिहरूसँगको साँठगाठमा वैद्यपक्षले पार्टी फुटाएको भन्दै अन्तर्राष्ट्रिय समर्थनविना  कुनैपनि परिवर्तन संस्थागत गर्न सकिदैन र लक्ष्य प्राप्त गर्न सबैसँग सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । रिपोर्टर्स क्लवद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले शान्ति र संविधानको कोर्स नै बाँकी रहेकोले भारतसँगको सहकार्य जारी नै रहेको स्विकार्दै यो कोर्स नसकिदासम्म भारत परस्तताको आरोपमा कुनै तुक नहुने दावीसमेत गर्नुभयो । ‘शान्ति र संविधान निर्माण कार्य अझै बाँकी रहेकोले १२ बुँदे सम्झौता गर्ने पक्षहरूसँगको सहकार्य अझै आवश्यक छ र दलहरूवीच सहमति नहुञ्जेलसम्म संविधानसभाको निर्वाचन समेत हुन सक्दैन्,’ उहाँले भन्नुभयो– ‘यथास्थितिमा चुनाव हुनसक्दैन, दलहरूवीच अहिले आक्रोस छ,  त्यो शान्त भएपछि फेरि सहमति बन्छ र मुलुक अघि बढ्छ ।’एक अर्को प्रसङ्गमा उहाँले भोलिका दिनमा जनताकावीचमा गएपछि मात्र आफ्नो हैसीयत थाहा हुन्छ भन्दै त्यसपछि आफूले अहिले सोचेअनुसार नभएपछि उनीहरू फेरि मिल्न आउने ठोकुवासमेत गर्नुभयो । ‘वैद्यपक्षको पार्टी विभाजनमा कुनै सैद्धान्तिक आधार नभई केवल पार्टी अध्यक्षप्रतिको आक्रोस हो,’ उहाँले भन्नुभयो– ‘हिजो पनि दोस्रो महाधिवेशन र चुनवाङ बैठकपछि पार्टी झनै सशक्त भएर अगाडि बढेको थियो र अबपनि विस्तारित बैठकपछि सशक्त ढङ्गले अघि बढ्छ ।’ उहाँले शान्ति र संविधान निर्माणको काम बाँकी नै रहेको अवस्थामा ठूला पार्टी विभाजन हुनु दुःखद हो भन्दै पहिला नै पार्टी फुटाउने विषयमा विभिन्न पक्षसँग सहमति गरिसकेकाले अहिले सबै कुरा मान्छु भन्दापनि उहाँहरू पार्टी फुटाउन पुगेको आरोप लगाउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event