राजनीति

माओवादी नेता को कता ,,,,,,,

माओवादी चितवनको जिल्ला नेतृत्वमा संस्थापनकै हावी

अधिकांश संगठनको नेतृत्व पंक्ति वैद्यको पक्षमा, 

दुवै पक्षद्धार पार्टी कार्यालय तानातान

नारायण ढुंगान , चितवन ५ असार ।
एकिकृत नेकपा माओवादीको चितवन जिल्ला पार्टी नेतृत्वमा संस्थापन पक्षका नेताहरु हावी भएपनि भातृ संगठनको नेतृत्वमा भने मोहन वैद्य पक्षीय कार्यकर्ताहरु हावी देखिएको छ । जिल्ला पार्टी ईन्चार्ज सहित झण्डै एक दर्जन पार्टीका सक्रिय भातृ संगठनको नेतृत्वमा मोहन वैद्य पक्षका कार्यकर्ताहरु रहेका छन् ।
 
जिल्ला पार्टी कमिटीको मुख्य पदमा रहेका जिल्ला ईन्चार्ज अनिल शर्मा विरही र सह ईन्चार्ज शोभा कट्टेल मात्रै माओवादी वैद्य पक्षमा छन् । सहईन्चार्ज अविनाश र ठाकुर ढकाल , सेक्रेटरी रमेश रेग्मी , सहसेक्रेटरी रहेका ओम पाण्डे र यमवहादुर परियार भने संस्थापन पक्षमै रहेका छन् ।  
ताम्सालीङ्ग राज्य समिति र पार्टी जिल्ला कमीटीका सदस्यहरुको बारेमा भने दुवै पक्षमा विवाद छ ।
वैद्यपक्षका अनुशार ३२ सदस्यीय रहेको राज्य समितिमा दुवैतर्फ १६ ,१६ सदस्य रहेको दावी गरेपनि संस्थापन पक्षका जिल्ला नेता ओम पाण्डेले भने ३५ सदस्यीय समितिको संस्थापन पक्षमा २१ सदस्य रहेको दावी गर्नुभएको छ ।
ताम्सालिङ्ग राज्य समितिको ईन्चार्ज अग्नी सापकोटा , शिक्षक संगठनका अध्यक्षमा रहेका टेकवहादुर थापा , ट्रेड युनियन महासंघका अध्यक्ष अनक मगर र क्रान्तीकारी पत्रकार संघको तेतृत्व मात्रै संस्थापन पक्षमा रहेका छन् । ताम्सालिङ्गका सहईन्चार्जमा रहेका सुर्य सुवेदी , पथिक र दिनेश शर्मा भने वैद्य पक्षका हुन् ।
सक्रिय भातृसंगठन अखिल क्रान्तीकारीका अध्यक्ष रुद्र भट्टराई , महिला संघ क्रान्तीकारीकी अध्यक्ष सावित्रि आचार्य , वाई सिएलका अध्यक्ष सशक्त शरण गोले , सुकुम्वासी संघका अध्यक्ष नरवहादुर गौतम , उद्योग व्यापार महासंघका अध्यक्ष  शिव खनाल लगायत जातीय संगठनको नेतृत्व पंक्ति भने वैद्य खेमामा रहेका छन् ।  

भतरपुर  ७ कृष्णपुरमा रहेको माओवादीको पार्टी कार्यालयमा भने दुवै पक्षले दाबी गरेका छन् । संस्थापन पक्षले चोईटिएर जानेहरुले नयाँ कार्यालय बनाउनुको विकल्प नभएको दावी गरेपनि वैद्य पक्षले भने सोहि कार्यालयमा पहिले देखिनै बस्दै आएकाले आफुहरुले कार्यालय नछाड्ने दावी गरेको छ । वैद्य पक्षका जिल्ला नेता विपिन शर्माले पार्टी कार्यालयको विषयमा केन्द्रमा दुवै पार्टीको सल्लाहमा निर्णय भए मान्य हुने नभए अहिले जो जो बस्दै आएका छन् ,उनीहरुले नै पार्टी कार्यालय लिने दावी गर्नुभयो ।

उता नवलपरासीमा पनि वैद्य पक्षकै पकट देखिएको छ । जिल्ला ईन्चार्ज बाला थापा वैद्य पक्ष र सहईन्चार्ज मोति रिजाल संस्थापन पक्ष हुन् । नवलपरासीमा भने विगत देखिनै पार्टी कार्यालय छुट्टाछुट्टै रहेकोले पार्टी विभाजन पछि पनि कुनै अप्ठ्यारो नपर्ने देखिएको छ । पार्टी विभाजन भएपछि अब जिल्ला जिल्लामा कार्याकर्ता माझ भने तरङ्ग उत्पन्न भएको छ ।
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event