राजनीति

बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा

काठमाडौ बैशाख ४
पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका लागि मिल्न बाँकि रहेका विषयमा टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । बैठकले पार्टी एकताको घोषणा आगामी ९ गते गर्ने, नगर्ने भन्ने विषयको टुंगो भने लगाउन सकेन ।

पार्टी एकता संयोजन समितिको अर्को बैठकले पार्टी एकताको औपचारिक घोषणाका लागि आवश्यक निर्णय लिने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । दुवै अध्यक्षले पार्टी एकताका लागि गठित कार्यदलको प्रतिवेदनमा सहमति जुटाएपछि पार्टी एकता घोषणाको मिति तय हुने पनि उहाँले बताउनु भयो ।

एमालेका महासचिव इश्वर पोखरेलले कार्यदलले पेश गरेको प्रतिवेदनमाथि गम्भिर छलफल गरिएको र त्यसलाई अन्तिम रुप दिने जिम्मेवारी दुवै दलको नेतृत्वलाई दिइएको बताउनु भयो । उहाँले २ दलबीच बाहिर आएजस्तो विवाद नभएको दावी पनि गर्नु भयो । एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्ह, जनयुद्धलाई स्विकार गर्ने÷नगर्ने तथा पार्टी एकता कुन अनुपातमा गर्ने भन्ने विषयमा सहमति जुटन सकेको छैन ।

सोही विषयमा सहमति जुटाएपछि एकताको औपचारिक घोषणाको मिति तय हुने दुवै दलका नेताहरुले बताएका छन । दुई दलबीच पार्टीको नेतृत्व, सिद्धान्तका विषयमा भने यस अघि नै सहमति भईसकेको छ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Bhanjang Chautari

Started at: 10:10 HRS

Up Next

Sathi sanga maanka kura

Starts at: 11:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award