राजनीति

राष्ट्रपति भण्डारीद्वारा शपथ राष्ट्रपति भण्डारीद्वारा शपथ
काठमाडौँ, ३० फागुन,रासस
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 
 
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।
 
शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । 
 
शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी हुनुहुन्थ्यो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award