राजनीति

भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली
जाजरकोट, १७ मंसिर  
चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन् । 
 
जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताउनुभयो । 
 
माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे लामाले बताउनुभयो । 
 
मंसिरदेखि फागुनसम्म जाजरकोटका गाउँमा बस्दा डोल्पाबाट ल्याएका जिम्बु तथा अन्य औषधिजन्य सामग्री बिक्री गर्ने र डोल्पा फर्कदा आवश्यक खाद्यान्न लिएर उहाँले जानकारी दिनुभयो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award