राजनीति

नेपाल क्रान्तिकारी विधार्थी संघको एघारौ राष्ट्रिय सम्मेलन चितवनमा
राजु थापा, माघ २९, कालिका,
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विधार्थी संघको एघारौ राष्ट्रिय सम्मेलन शुक्रबार देखि चितवनको भरतपुरमा शुरुहुदै छ ।
 
सम्मेलन तिन दिन सम्म चल्नेछ भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन् गर्ने कार्यक्रम तय भएको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । सम्मेलनमा ५२ जिल्लाका ७ विश्वविधालयका करिब ३ सय प्रतिनिघिको सहभागीता रहने आयोजकले बताएको छ ।
 
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशलाई छिटो निकाश दिने हो भने जातजातीको आघारमा नभई भुगोलको आघारमा १४ प्रदेश बनाउनु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनु भएको छ । यस्तै संबिधान निमार्णको लागि देशका विज्ञ, विशषज्ञहरुले सभासदहरुसंग  सहकार्य गर्दै  बनाउदा राम्रो हुने बताउनु भएको छ ।
सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य सुनिल प्रजापति, सभासद अनुराधा थापामगर, नेपाल क्रान्तीकारी विधार्थी संगठनका केन्द्रिय सदस्य निरज लवजु लगायतको उपस्थिति रहेको थियो ।
 
प्रेस विज्ञप्तीमा सम्मेलनको तयारी पुरा भईसकेको जनाउदै आज (बिहिबार ) पोखरा बसपार्क बाट शुभकामना दिप र्याली निकाल्ने र भोलि  १२ बजे क्याम्पाचौर बाट र्याली निकालि विरेन्द्र क्याम्पसमा पुगि १ बजे देखि औपचारिक रुपमा सम्मेलन शुरु गरिने जनाईएको छ ।
 
११ औ सम्मेलन बाट विभिन्न निति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गरिने आयोजकले बताएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award