News & Notices
मुटुरोगीलाई आर्थिक सहयोग,
यसै म्युजिक अवार्ड चलिरहदा कालिका एफ.एम. र उपस्थित कलाकार एवं दर्शकहरुले पुवि चितवनको चैनपुर १ की मुटुरागी किशोरी बिन्दा खनाललाई ३२ हजार आर्थिक सहयोग गरिएको छ।
कार्यक्रमकै बिचमा उपचारको लागि आर्थिक सहयोग याचना गरेकी मटुरोगी खनाललाई कालिका एफ.एम.का तर्फाट १६ हजार ३ सय र उपस्थित कलाकार एवं दर्शकहरुले १६ हजार ३ सय गरी ३२ हजार ६ सय आर्थिक सहयोग प्रदान गरिएको हो। कलाकारहरुले सहयोग रकम प्रदान गरे लगत्तै कालिका एफ.एम.का अध्यक्ष तथा प्रबन्धक निर्देशक बिक्रम पाण्डेले संकलन भएजत्तिनै थय रकम सहयोगको लागी प्रदान गर्ने घोषणा गर्नु भएको थियो।
सो रकम वाषिकोत्सवको समापनका दिन असोज २६ गते प्रदान गरिने पनि प्रबन्धक निर्देशक पाण्डेले जानकारी दिनु भयो।
कालिका एफ.एम.द्धारा विभिन्न २५ बिधामा म्युजिक अवार्ड प्रदान
कालिका एफ.एम.प्रा.लि.को छैठौ वाषिर्कौत्सवका अवसरमा विभिन्न २५ विधामा असोज १७ गते हमदर्द साफी कालिका एफ.एम. म्युजिक अवार्ड प्रदान गरिएको छ।
म्युजिक अवार्डको नारायणी कला मन्दिरमा वरिष्ठ संस्कृती विद तुलसी दिवसले एक भव्य समारोहका बिच दिप प्रज्वलन गरेर समुदघाटन गर्नु भएको थियो।
कार्यक्रममा कालिका एफ.एम द्धारा प्रकाशित कालिका रचनाको प्रमुख अतिथि वरिष्ठ सस्कृती विद तुलसी दिवसले विमोचन गर्नु भएको थियो। साथै कालिका एफ.एम.को नयंा स्टेशन आई. डी. समेत र्सार्बजनिक गरिएको थियो।
कालिका एफ.एम.का अध्यक्ष तथा प्रबन्धक निर्देशक ब्रि्रम पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा सुगम संगितको नेपाली आधुनिक गित, पप गित, लोक गित, चलचित्रको गित, स्थानीय सहित विभिन्न गित संगितका विधाहरुलाई अवार्ड प्रदान गरिएको हो।
म्युजिक अवार्डमा आधुनिक गित तर्फसर्बोत्कृष्ट गायकमा राजेश पायल र्राई, गायिकामा माण्डवी त्रिपाठी, रचनामा अरुण निवारी र संगितमा तेज प्रसाद पाण्डेलाई म्युजिक अवार्ड प्रदान गरिएको छ।
नेपाली चलचित्र तर्फसर्बोत्कृष्ट गायक राजेश पायल र्राई, गायिकामा सगिता राना, संगितमा महेश खड्का र गित रचना एक नारायण भण्डारीलाई अवार्ड प्रदान गरिएको छ।
नेपाली पप गित तर्फसर्बोत्कृष्ट गायकमा दिव्य सुब्बा, गायिकामा शशी रावल, सगितमा सुजिल कर्मचार्य र पप रचनामा डम्बर नेपाली, संगित संयोजकमा व्याकरण अफ द र्याप द युनिटीलाई अवनर्ड प्रदान गरिएको छ।
राष्ट्रिय लोकदहरी तर्फसर्बोत्कृष्ट गायकमा राजु परियार, गायिकामा विष्णु माझि, शब्द सकंलकमा सुरेश प्राञ्जली, लय संकलकमा एक नारायण भण्डारीलाई अवार्ड प्रदान गएकिो छ।
त्यसैगरि स्थानिय लोकदोहोरीको सर्वोत्कृष्ट लोकदोहोरी एल्बममा आमा फर्किनन एल्बमलाई अवार्ड प्रदान गरिएको छ। वर्षो सर्बोत्कृष्ट एल्बममा शितको गितलाई अवार्ड प्रदान गरिएको छ।
सर्बोत्कृष्ट नवप्रवेशी तर्फरजिना रिमाललाई अवार्ड प्रदान गरिएको छ। त्यसै गरि स्थानिय नेपाली पप तर्फएकल गायनमा सञ्जना श्रेष्ठ, सगितमा युवराज चौलागाई, रचना तर्फकिशन मगर प्रश्नलाई अवार्ड प्रदान गरिएको छ।
वर्षो र्सवश्रेष्ठ दृष्याङकित नेपाली गित माइतीघर कम्पन एल्बमलाई अवार्ड प्रदान गरिएको छ।
समुद्घाटनमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ट संस्कृतीविद तुलसी दिवसले कालिका एफ.एम.ले सुचना र संगितलाई संगसंगै अगाडी बढाउदै सम्मानजनक कार्यक्रमहरुलाई प्रस्तुत गरेर उदारणिय कार्य गरेको बताउनु भयो ।
समापन कार्यक्रममा बोल्दै कालिका एफ.एम.का अध्यक्ष तथा प्रबन्धक निर्देशक बिक्रम पाण्डे कला संस्कृतीको जगर्ेना र गित संगितको कालिका एफ.
एम.ले सदैव सम्मान गर्ने उदेश्य अनुरुप म्युजिक अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो।
स्वागत मन्तब्य व्यक्त गर्दै कालिका एफ.एम.का महाप्रबन्धक प्रकाश सायमी सुचना संगित र मनोरञ्जनलाई आत्मसात गर्दै अगाडी बढेको कालिका एफ.एम.ले गित संगितकर्मीका कला र गित संगितको सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै अवार्डको आयोजना गरिएको बाताउनु भयो।
| 12 |










